काठमाडौं । लामो समय बौद्ध शिक्षामा दिक्षित बौद्ध गुरु देवरत्न लामा अहिले गम्भीर बिरामी छ्न । अहिले उनको काठमाडौंको कलङ्कीस्थित नेशनल हस्पिटलमा उपचार भइरहेको छ । आइसियुमा राख्न पर्ने भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
बौद्ध ज्ञानमार्फत शान्ति , भाइचारा र सदभावको बिस्तार गर्न महत्त्वपूर्ण योगदान गरेका लामा पुराना गुरु हुन । हाल उनी काठमाडौंमा बसोबास गर्दै आएका छ्न । परिवारले उनको उपचारमा खर्च अभाव भएको र आम नेपाली जनमा उपचारको लागी सहयोग गरिदिन अनुरोध गरेको छ ।