काठमाडौं । नेपाल रेडक्रस सोसाइटी कागेश्वरी मनोहरा उपशाखा , नेपाल स्काउट ,ननेसनल ओपन स्काउट क्यु कागेश्वरी,त्यसैगरी काठमाडौं जोल्ला तेक्वान्दो संघ ,बम्बुको बहुउद्देश्यीय सहकारी र पिपलबोट युथ मुलपानीको संयुक्त आयोजनामा कागेश्वरी मनोहरा नगरपालिकाको मुलपानी पिपलबोटमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ ।रक्तदान कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीको समेत उपस्थिति रहेको थियो।उक्त रक्तदान कार्यक्रममा विभिन्न ब्यक्तिहरुले रक्तदान गरेका कुरा आयोजक सस्था काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष एबम युवा नेता,समाजसेवी असोक खड्काले बताए।