काठमाडौं । थारु महिलाहरुको मौलिक चाड जितिया पर्व राजधानी काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न भएको छ।थारु महिला समाज र उपत्यका थारु महिला समाजले गरेको कार्यक्रममा प्रमुख अतिथि शहरी बिकास मन्त्री मेटमणी चौधरिको उपस्थिति रहेको थियो।कार्यक्रमको उद्घाटन गर्दै मन्त्री चौधरीले जितिया पर्व मनाउनुको कथा सुनाउदै यसको महत्वबारे प्रकाश पारेका थिए।कार्यक्रममा थारु समुदायका विभिन्न ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।उक्त कार्यक्रममा विभिन्न ब्यक्तिहरुलाई प्रशम्सा पत्र बितरण गरिएको थियो।उक्त कार्यक्रम थारु महिला समाजकी अध्यक्ष गिता चौधरीको सभापतित्वमा सम्पन्न भएको थियो।