काठमाडौं । आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा नेपाली जनता दलबाट प्रदेश सभा सदस्यको लागि प्रत्यक्ष तर्फ सप्तरी क्षेत्र न. ४ को (क) बाट सबुरलाल मण्डल र (ख)बाट रामेश्वर साह सिफारिस भएका छन् । समानुपातिक तर्फ क्रमश: रामबिलास सदाय,अजय कुमार साह,रामजानी मिया,सतौनिया देवि चौधरी,श्रवण कुमार साह,बिजय कुमार चौधरी र सोमन चौधरीको  नाम सिफारिस गरिएको छ ।उता प्रतिनिधि सभा सदस्यको लागि यहि पार्टी बाट तेज नारायण चौधरीको नाम सिफारिस गरिएको छ।