काठमाडौं । बिबाह गरेको करिब १ बर्ष नपुग्दै एक युवाले आफ्नी    श्रीमती छाडेर अर्कै युवतिसङ्ग प्रेम गर्दा प्रतिमा भुजेल नाम गरेकी एक किशोरी अहिले अलपत्र परेर घरका न घाटकी भएकी छन् । रामप्रसाद गाउपालिका ४ दलगाउ भोजपुरकी ती युवतीको करिब १ बर्ष अगाडी षडानन्द नगरपालिका १० साङ्पाङ भोजपुरका युवा चन्द्र बहादुर भुजेलसङ्ग परम्परागत तरिकाले बिबाह भएको थियो। बिबाह गरेको करिब  १ बर्ष पुग्नै लाग्दा युवतीलाई छाडेर चन्द्रले बिन्दा नाम गरेकी अर्कै युवतिलाई भगाएर लगेपछी अहिले  पिडित युवती प्रतिमाले आफुलाई न्याय दिलाइदिनको लागि भनेर मान्यजन, आफन्तहरुकहा हारगुहार गरिरहेको बताइएको छ।पिडित प्रतिमाका अनुसार ” सगै मर्ने बाच्ने कसम खाएर बिहे गरियो तर अहिले आएर बिचैमा साथ छाडेर अर्कै केटि भगाएर लानु भएछ , अब के गर्ने दोधारमा परेकी छु,।” पिडित प्रतिमाले चन्द्रलाई भेट्ने जो कोहिले प्रहरी कहाँ बुझाइ सहयोग गरिदिन आग्रह समेत गरेकी छन् ।