सघिय र प्रदेशको निर्वाचन नजिक आउँदै गर्दा नुवाकोट जिल्लाका ठुला राजनीति दलहरुमा प्रत्यक्ष र समानुपातिक उमेदवार जान्ने क्रम लगभग सकिएको छ ।
नेपाली काग्रेस , नेकपा माओवादी ,नेकपा एमाले ,नेकपा समाजबादी ,राप्रपा, जसपा लगायत केहि स्वतन्त्र उमेदवारहरुले पनि आफ्नो सिफारिस गरेका छ्न । नुवाकोटको राजनीतिमा राप्रपादेखि काग्रेस एमाले माओवादीले प्रतिनिधित्व गरि सांसददेखि मन्त्रीसम्म भएका छ्न ।
नेपाल सरकारको अर्थ, परराष्ट्र ,उर्जा ,खेलकुद लगायत दर्जन भन्दा बढी मन्त्रालयको नेतृत्व नुवाकोटका नेताहरूले गरिसकेका छ्न । नुवाकोटको राजनीतिमा कहिलेकाही राष्ट्रिय चर्चा अनि परिचर्चा पनि हुने गरेको छ । बास्तबमा हामीले भन्नु पर्दा नुवाकोट राजधानीको सबैभन्दा नजिक दुरि भएको ठाउँको रुपमा लिन सकिन्छ । नजिकै भएको कारण मुलुकका ठुला ब्यक्तित्वहरु नुवाकोट आउने जाने क्रम चलिरहेको हुन्छ । माओवादी अध्यक्ष प्रचण्ड ,काग्रेस सभापति शेर बहादुर देउवा, एमाले अध्यक्ष केपी वली समाजबादी अध्यक्ष माधब नेपाल लगायत सबै नेतालाई राम्रोसंँग नुवाकोटको बारेमा थाहा छ ।
ऐतिहासिक जिल्ला नुवाकोटको बारेमा आम नेपाली जनताले चासो राख्ने गरेको देखिन्छ । पृथ्वीनारायण शाहले नयाँ नेपाल निर्माण गर्न बेलादेखि नै नुवाकोट चर्चित जिल्लाको रुपमा रहेको छ । व्यापारिक नाका तिब्बतसँग नुवाकोट हुँदै काठमाडौले व्यापार गर्नुपर्ने अबस्थामा आर्थिक रुपले नुवाकोट बलियो अनि शक्तिशाली रहेको थियो र छ । त्यसैले पनि आर्थिक/सामाजिक /राजनीति हिसाबले नुवाकोट अग्रणी स्थानमा रहेको देखिन्छ ।
नेपालको पहिलो राजधानी भएको जिल्ला नुवाकोट किन बिकासबाट पछि पर्यो भन्ने बिषयमा अहिलेका बौद्धिक युवाहरुले चासो दिइरहेका छ्न । नुवाकोटबाट जति जना मुलुकको नीतिनिर्माण गर्ने ठाउँमा पुगे उनीहरुको पहलमा जिल्लामा कस्ता खाले बिकास भयो त भन्ने सवालमा आजका नुवाकोटका युवाहरूलाई चासो रहेको आभास गर्न सकिन्छ । नेपालको राजनीति ब्यबस्था फेरियो तर नुवाकोटका नेता उहि पुरानो नै रहिरहे । उनिहरुमा खासै जिल्लाको बिकासमा भन्दा नि आफ्नो मान्छे बनाउने अनि आफ्नो कार्यकर्तालाई टिकाउने भन्दा ठुलो काम हुन सकेन । आज नुवाकोटका जनता उहि पुरानो समस्या सडक खानेपानी ,अस्पताल जस्ता कुरामा भोट हाल्न बाध्य छ्न । केहि परिवर्तन हुन्छ होला भन्ने आशामा रहिरहेका छ्न । फेरि पनि मुलुकमा स्थानीय निकायको निर्वाचन सकिएको तीन महिना मात्र भएको छ ।
स्थानीय निकायले जनताको चाहाना अनुसारको काम गर्ने सकेको छैन । नुवाकोटका १२ वटा स्थानीय निकायमा अहिले पहिलो कार्यकाल सकिएर दोस्रो कार्यकाल सुरु भएको अबस्था छ । आम नुवाकोटका जनताको ध्यान अहिले सघिय र प्रदेश निर्वाचनतिर गएको छ ।
साच्चिकै अहिले सिफारिसमा परेका नुवाकोटका राजनीति पाटीका उमेदवार नेताहरुले नुवाकोटका जनताका काम गर्न सक्लान त प्रश्न जनताले यसपालिको निर्वाचनमा उठाउने छन ।
कुन कुन नेताहरुले आफ्नो पालामा मैले यो यो काम गरे भनेर जनतामा जाने हुन त्यो कुरा चाहि हेर्न बाकी छ । पटकपटक बिकासका नाममा नुवाकोटका जनतालाई झुक्याएर भोट लाने काम जुन भएको छ , त्यसलाई चाहि यसपाली देखि रोक्नुपर्ने छ । उमेदवार हुन आउनेको नुवाकोट जिल्ला सम्बन्धित योजनाको खाका के के छ त्यो कुरो महत्त्वपूर्ण भएको हुदा अबका दिनमा उनीहरुले जनतालाई देखाउनु पर्नेछ । जनताको चेतनाको स्तरमा परिवर्तन आइसकेको हुदा जनता सामु खाका पेस गर्नुपर्ने हुन्छ । नुवाकोटका जनताले सबै राजनीति पाटीका नेताहरुको बारेमा अध्ययन गरेका छ्न त्यसैले निर्वाचनमा चुन्दा गम्भीरता पुर्वक बिबेक प्रयोग गर्नुपर्ने देखिन्छ । सहि मान्छेलाई सहि ठाउँमा हामी नुवाकोटबासीले पुर्याउन सफल भयौ भने जिल्लाको बिकासमा ठुलो टेवा पुग्ने देखिन्छ ।