भक्तपुर । फस्ट भक्तपुर wikf जिल्ला ग्रेडिङ सेमिनार सम्पन्न भएको छ। भक्तपुरको सुर्यबिनायक ७ गुन्डुमा विभिन्न जुनियर तथा सिनियर खेलाडीहरुलाई प्रमुख अतिथी यसै वडाका वडा अध्यक्ष रबिन्द्र सापकोटा लगायत wikf का प्रमुख प्रशिक्षक मान बहादुर  मोक्तानले बेल्ट तथा प्रमाणपत्र बितरण गरेका थिए।
कार्यक्रमको अतिथीहरुमा यसै वडामा रहेको  श्री भैरबी आधारभूत बिद्यालयका प्रधानाध्यापक राजकुमार बस्नेत लगायत wikf   बागमती प्रदेश प्रमुख तेज बहादुर बल ,बरिस्ठ प्रशिक्षक प्रेम कुमार मोक्तान,wikf का महासचिव तथा गुन्डु डोजोका प्रमुख प्रशिक्षणक सन्जय जंग शाहीको उपस्थिति रहेको थियो।
युवा संघका केन्दिय सदस्य तथा wikf का उपाध्यक्ष अजय जंग शाहिको सभापतित्वमा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथी यसै वडाका वडा अध्यक्ष सापकोटाले खेलाडीले नै देश चिनाउने काम गर्ने भन्दै वडा बाट सक्ने सहयोग गरिने बताए। कार्यक्रममा बोल्दै wikf का प्रमुख प्रशिक्षक मान बहादुर मोक्तानले यस वडा बाट कुशल खेलाडी जन्माउने बाचा गर्दै सबैले कराते खेललाई माया गरेर साथ र सहयोग गरिदिन आग्रह गरेका थिए।फोटो फिचर