काठमाडौं । युवा कवि माेतीराम भट्टकाे जन्मजयन्तीकाे अवसरमा राजधानीको गोकर्णेश्वरमा अबस्थित  रिम्स स्कुलले  बृहत् आशुकविता लेखन तथा वाचन प्रतियाेगिता सम्पन्न गरेका  छन्  । यहि भदौ १० गते  वरिष्ठ कवि डा. रामप्रसाद ज्ञवालीकाे प्रमुख आथित्यमा प्रतियोगिता सम्पन्न  भएको थियो।उक्त प्रतियाेगितामा ग्रीनतारा चाइल्ड हाभेनका भेषराज सापकाेटा प्रथम भएका थिए । त्यसैगरी क्रमस: रिपुमर्दन सैनिक महाविद्यालयका सुतृष्ण पाैडेल दाेस्राे , विपुल शिक्षा निकेतनकी दुर्गा खतिवडा  तेस्राे भएकी थिइन् ।  सान्त्वना तर्फ क्रमश अलमाइटी स्कुलका  कृजन सापकाेटा ,   , बाल संसार मा.वि. कि रिस्ता बाेगटी र पिक प्वाइन्टकि दिया घिमिरे पुरस्कृत भएका थिए । आन्तरिक प्रतिस्पर्धातर्फ आयोजक स्कुल रिम्सकि  महिमा गुरागाईँ उत्कृष्ट ठहरिएकी थिइन् । बिजेता हुने बिद्यार्थिहरुलाई प्रमुख अतिथी लगायत आयोजक स्कुलका प्रीन्सिपल बालमुकुन्द कार्कीले पुरस्कार बितरण गरेका थिए।
कार्यक्रममा कविता लेखन तथा वाचन प्रशिक्षण कवि देवु लुइँटेल र चेतनाथ धमलाले गरेका थिए । प्रतियोगितामा २५ विद्यालयका २९ जना विद्यार्थीहरुको सहभागिता  रहेको थियो।
प्रतियाेगिता विगत १४ वर्षदेखि निरन्तर रुपमा हुँदै आएकाे छ ।