• काठमाडौँ । थाइल्यान्ड ओपन कराते प्रतियोगितामा नेपालका  साईमन श्रेष्ठले एक मात्र स्वर्ण पदक जित्न सफल भएका छ्न।

साइमनले १४ बर्षको उमेर र ४५ के.जी तौल समुहमा स्वर्ण पदक जितेका हुन,काठमाडौंको ईचङगु नारायण कराते डोजोका उत्पादन समेत रहेका उनको यो पहिलो अन्तर्राष्ट्रिय सहभागिता रहेको थियो,सानै उमेर देखि कराते खेलमा आबद्ध उनले स्वदेशमा भएका विभिन्न प्रतियोगितामा दर्जनौं स्वर्ण जिति सकेका छ्न,नेपालबाट सहभागी सिनियर पुरुष तर्फ भने ८४ के.जी तौल समूह मुनिमा एपीएफ क्लबका शेखु आलमले कास्य पदक जित्न सफल भएका छ्न।थाइल्यान्डको फुकेट शहरमा अगष्ट १९ देखि २३ सम्म प्रतियोगिता संचालन भएको थियो।प्रतियोगितामा लगभग ५५/५६ खेलाडीहरुको सहभागिता रहेको उक्त प्रतियोगितामा नेपालका लागि स्वर्ण पदक जित्ने साइमन मात्र एक हुन् ।