नेपाल कृषिप्रधान मुलक हो । यहाँको कृषि उत्पादन वृद्धि गर्नको निम्ति स्थानीय निकायले ध्यान दिन जरुरी छ । जल ,जंगल , जडिबुटी , जलविद्युतलाई उच्च बिकास गर्दा मुलकले समृद्धि हासिल गर्न सक्छ । मुलकको अर्थतन्त्र बलियो हुन्छ । मुलकको अर्थतन्त्र बलियो हुँदा जनताको क्रय स्तर वृद्धि हुन्छ ।
कृषि पनि त्यस्तै एउटा आधार हो , जस्ले मुलकलाई उठाउन सक्छ । भनिन्छ आर्थिक रूपमा समृद्ध मुलकमा सभ्यताको पनि चाडै बिकास हुनसक्छ । हामीले देशमा उपलब्ध स्रोत र साधनलाई उपयोग गरेर देशको बिकाश गर्ने हो । आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्ने हो र आत्मनिर्भर देशको निर्माण गर्ने हो ।
अरु देश बिकासको गतिमा गतिमान हुँदा नेपालले अबिकसित मुलकको दर्जा भिर्नु परेको छ । अरु चन्द्रमा पुग्दा हामीले आत्मनिर्भर कृषि प्रणालीसमेत अपनाउन सकेका छैनौं । सिंहदरवारको शासन गाउँ गाउँ पुग्दा सिंहदरबारको अनुभुति गाउँ गाउँले गर्न सकिरहेका छैन । जनताले अनुभुति गर्न सके त्यो धेरै राम्रो हुन्छ ।
यसैले स्थानीय जनता र स्थानीय निकायको माध्यमबाट जल , जमिन , जडिबुटी , जलविद्युतको बिकास गरौं । सबैले अनुभुत बिकाश गरौं । मुलकलाई समृद्धिको दिशामा अगाडि बढाऔ ।