आउदो मिती २०७९ । ६ । ९ गते रामेछाप सांस्कृतिक कलाकार समाज र रामेछाप सांस्कृतिक कलाकार समाज उपत्यका कार्यसमितिको संयुक्त आयोजनामा वृहत साङ्गीतिक साँझ हुने भएको छ । ख्याति प्राप्त रामेछापका कलाकार तथा अन्य थुप्रै राष्ट्रीय कलाकारहरुको बेजोड प्रस्तुति रहने कुरा आयोजक कमिटीले जनाएको छ । साथै हेर्ने दर्शकहरुलाई खानाको समेत ब्यवस्था गरिएको छ।
प्रत्यक्ष वाध्यवाधन सहितको प्रस्तुती हुने कुरा पनि आयोजक कमिटीले जनाएको छ। यस कार्यक्रममा लोपोन्मुख रहेका रामेछापका विभिन्न जातजातिका झाँकी समेत प्रस्तुत गरिने भएको छ । रामेछाप स्थायि घर भई काठमाण्डौ उपत्यकामा विभिन्न पेशामा आवद्ध रामेछापवासीलाई लक्षित गरिएको यो कार्यक्रम काठमाण्डौको काटेश्वर स्थित ए वान क्याफे एण्ड होटलमा हुने भएको छ ।