बजारमा निरन्तर महङ्गीको सिर्जना भइरहेको छ । हाम्रो आन्तरिक उत्पादनको स्थिति पनि वृद्धि हुन सकिरहेको छैन । स्वदेशी कृषि उत्पादन भन्दा भारतबाट आएको तरकारी / खाद्यान्न सस्तो हुनुको बिडम्बना भोगिरहेका छौं ।
दिनहुँ हजारौं युवाहरू रोजगारको सिलसिलामा देश छोडिरहेका छ्न । रेमिटान्सलेव देश चलिरहेको छ । आम मानिसहरूले सस्तो / सुलभ रूपमा बजारलाई उपभोग गर्न सकिरहेका छ्रैनन् । यसमा दुइटा कुरा मुख्यत देखापर्छन । एउटा आन्तरिक उत्पादन नहुनु अर्को राज्यको स्पष्ट नीति नहुनुको सकस छ ।
देशमा उत्पादनलाई वृद्धि गर्ने , स्वदेशी उत्पादनलाई प्रोत्साहित गर्ने , उद्योगधन्दाको संचालन गर्ने राज्यको निती हुँदा मुलकको बिकास छिटो हुन्छ । जनताको जीवन स्तरमा परिवर्तन आउछ्न । निरन्तर वृद्धि भइरहेको महङ्गी पनि नियन्त्रणमा आउछन् । नेताको भाषण भन्दा काम महत्त्वपूर्ण हो ।