काठमाडौं । पुर्ब प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलिले अहिलेको गठबन्धन सरकारले देश बर्बाद पारेको भन्दै देश जोगाउन आउदो सम्सदिय चुनाव नेकपा एमालेले जित्नुपर्ने धारणा ब्यक्त गरेका छन् ।आज राजधानीमा आयोजित खेलकुद महासंघ  केन्द्रिय कमिटीको बिस्तारित बैठक तथा प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलिले हाम्रो सरकारको पालामा प्रसस्तै काम भएको तर यो गठबन्धन सरकारले अर्थतन्त्र धरासयी बनाएको र देश डुबाउन लागेको भन्दै यो सरकारलाई खन्चुवाको संज्ञा दिए। ओलिले गठबन्धनले आउदो चुनाब जित्नुपर्छ भन्दा पनि जिताउनुपर्छ भनेर लागेकाले प्रत्येक जिल्ला र चुनावको बुथमा स्वयंसेवक गठन गरेर खटाउन कार्यकर्तालाई अनुरोध गरे।भावनाले सामाजिक परिवर्तन नहुने भन्दै खेल आम मानिसको लागि स्वस्थ रहन  अपरिहार्य रहेको बताए। नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलिको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त कार्यक्रममा पार्टी  उपाध्यक्ष सुरेन्द्र पाण्डे लगायत गोकुल बास्कोटा,पोलिटब्युरो सदस्य इश्वरी रिजाल लगायतले आआफ्नो धाराणा राखेका थिए। उक्त कार्यक्रममा खेलकुद क्षेत्रमा  लागेर गत स्थानीय चुनावमा निर्बाचित हुन सफल जनप्रतिनिधिहरुलाई सम्मान समेत गरिएको थियो। बैठक कार्यक्रममा देशैभरबाट आएका सयौको सङ्ख्यामा नेता कार्याकर्ताहरुको बाक्लो उपस्थिति  रहेको थियो।