काठमाडौं । गितकार गणेश श्रेष्ठ ” अपेक्षा ” द्वारा सृजना गरिएका गीति एल्बम रहरका फुलहरु र गितसङ्ग्रह गितसङ्ग अपेक्षा नामको कृति आज एक कार्यक्रमको बिच बिमोचन गरिएको छ।गितकार संघको कार्यालयमा भएको उक्त बिमोचन कार्यक्रममा थुप्रै स्रस्टाहरुको उपस्थित रहेको थियो।कार्यक्रममा प्रमुख अतिथिमा डा. कृष्ण हरि बराल, अतिथिहरुमा बुलु मुकारम,रमेश पौडेल ,दिपक जंगम लगायतका अन्य स्रस्टा हरुको बाक्लो उपस्थिति रहेको थियो।बिमोचन कार्यक्रममा बोल्ने अधिकाङ्स बक्ताहरुले गितकार गणेश श्रेष्ठले  बिदेशमा बसेर पनि नेपाली कला सस्कृती प्रती माया गरेको भन्दै प्रसम्सा गरे।उनिहरुले गितकार श्रेष्ठद्वारा लिखित गितहरुमा मौलिकता पाएको भन्दै खुशी प्रकट गरे। सोही बिमोचन कार्यक्रममा गितकार श्रेष्ठले गितकार संघलाई नगद ३५५५५ रुपैया सहयोग समेत गरेका थिए।कार्यक्रमको सभापतित्व गितकार संघका अध्यक्ष शुभ मुकारमले गरेका थिए।