काठमाडौ । राजधानीको मित्रनगर डोजोको आयोजनामा सातौ उपत्यका ब्यापी गोजुरियो कराते प्रतियोगिता” किर्तिपुर स्थित मित्रनगरमा भव्य ,सभ्य ढंगले  सम्पन्न भएको छ।

नेपाल खेलकुद महासंघका केन्द्रिय अध्यक्ष पर्शुराम बस्नेत(कृष्ण) ले समुदघाटन गरिएको कार्यक्रममा गोजुरियो करातेका प्रमुख प्रशिक्षक ओम कृष्ण प्रसाईं महासंघका उपाध्यक्ष दीपेन्द्र दाहाल,वरिष्ठ कराते प्रशिक्षक सुरेन्द्र के सि, वसन्त राज वाइवा लगायतको बाक्लो उपस्थित रहेको थियो।

कार्यक्रम संयोजक जलिना खतिवडा रहेको प्रतियोगितामा प्रशंसा डोजो प्रथम, चक्रपथ डोजो दोस्रो  तथा होप डोजो तृतीय हुन सफल भएका छ्न।

कार्यक्रममा बोल्दै महासंघ अध्यक्ष बस्नेतले ‘ यो कराते र खेलकुद महासंघबिच सहकार्यमा ऐतिहासिक मार्शलआर्ट फेस्टिवल गर्ने योजना रहेको बताए । हरेक तवरले यस क्षेत्रलाइ उकास्न आफु र महासंघ लागि पर्ने उनले जनाए ।

यसैगरी,प्रमुख प्रशिक्षक प्रसाईंले ‘खेलकुद अवर्णनिय क्षेत्र हो भन्दै अनुशासन ,नैतिकता ,नाम ,दाम ,स्वास्थ्य सवै कुराको लाभ हुने क्षेत्र भएकोले मानव कल्याण र राष्ट्र सम्वृद्दिको दह्रीलो पाटो पनि रहेकोेले यस गौरवमय क्षेत्रलाइ सहभागी भएर बृहत् बनाउनु पर्छ भन्ने उद्देश्यले हुने यस्ता खेल प्रतियोगितालाई सदैव प्रोत्साहन गर्न जरुरी रहेको बताए।