चलचित्र निर्देशन रुचि भएका प्रकाशराज कार्की चलचित्र कृष्णलीलाको निर्मातामध्ये एक हुन । समाजसेवा , पत्रकारिता र कलाकारितामा कार्कीको रुचि छ । जनप्रतिनिधि हुने उनको सपना छ। राजनीतिक चेतना पनि कार्कीको स्पष्ट छ । हामीले उनीसँग चलचित्र कृष्णलीलाको वरिपरि रहेर छोटो संवाद गरेका छौँ ।

तपाईं फिल्म क्षेत्रमा कसरी आइपुग्नु भयो ?
-मेरो रुचि बाल्यकालदेखि कला क्षेत्रमा थियोे । मैले विद्यार्थीकाल नाटक , नृत्य गर्थे। सडक नाटक पनि गरियो । कला बुझ्ने भएपछि म्युजिक भिडियो निर्देशन , लघु चलचित्र निर्देशन गरेर निर्देशकको भुमिकामा रहे । मेरो मुख्य रोजाइ चलचित्र निर्देशन हो । हाल कृष्णलीला निर्माण टिममा रहेर निर्माताको रूपमा उपस्थित छु

कृष्णलीलामा किन लगानी गर्नुभयो ?
-मैले भन्दै आएको छु दर्शकको मन बस्ने चलचित्र बनाउनुपर्छ । त्यस्तो चलचित्र म बनाउँछु भन्दै पनि आए । कृष्णलीलाको टिमसँग भेट भएपछि मैले खोजेको काम हुन्छ जस्तो लाग्यो । यसैले मैले कृष्णलीलामा लगानी गरेको हुँ । निर्देशक दिपक ओलीको काम गर्ने शैली , हाम्रो टिमको कार्यकुशलता र फरकखाले कथाबस्तु गर्दा कृष्णलीलामा लगानी गरे । कृष्णलीला उत्कृष्ट फिल्म भएकैले लगानी गरेको हुँ ।
दर्शकले यो फिल्म किन हेर्ने ?
– जायज प्रश्न गर्नुभयो । मुलतः फिल्म हेर्नुको दुइटा उदेश्य हुन्छ , एउटा मनोरञ्जनको लागि अर्को जनचेतनाको लागि । मानिसहरूले चलचित्रबाट सन्देश पनि खोजिरहेका हुन्छ्न । एकखालका सिनेकर्मीहरु बिचार र कलाको संयोजन हुनुपर्छ भन्छ्न । मलाई पनि फिल्ममा कला र सन्देश चाहिन्छ भन्ने लाग्छ । दर्शकले सबैचिज पाउने फिल्म कृष्णलीला हो भन्ने देखाउन खोजेका हौ । यस फिल्मका मुख्य कलाकार नायक पुष्पल खड्काले बिल्कुलै नयाँ क्लेवरमा आफूलाई प्रस्तुत गरेका छन । नव नायिका श्रद्धा क्षेत्रीको धमकेदार प्रस्तुती पनि देख्न सकिन्छ । राष्ट्रिय स्तरमा परिचित अन्य कलाकारले पनि सशक्त भुमिका निभाएका छ्न ।
चलचित्रवाट कतिको आशावादी हुनुहुन्छ ?
आशावादी नहुनुपर्ने कारण छैन । उत्कृष्ट फिल्मलाइ नेपाली दर्शकले माया गरिरहेका छ्न । कृष्णलीलाले दर्शकको मन मज्जाले जित्छ । हामी अत्यन्त उत्साहित छौ ।
नेपाली चलचित्र खासै चल्दैन भन्छ्न?
राम्रा फिल्म चलेका छ्न । नेपाली मौलिक कथामा आधारित फिल्महरुले मज्जाले कमाएका पनि छ्न । दर्शकलाई मनै नपर्ने फिल्म जबर्जस्ती चलाउन खोजेपछि त्यस्तो फिल्म कहाँ चल्छ । हो केही राम्रा फिल्म प्रचार नभएर नचलेको सत्य हो ।

अन्त्यमा केहि भन्नुहुन्छ ?
यही भाद्र ३ गते अल नेपाल चलचित्र कृष्णलीला प्रदर्सन हुँदैछ । आफ्नु पायक पर्ने हल गएर फिल्म हेरिदिनु होला । कस्तो लाग्दैछ सुझाव दिनुहोला । तपाईं दर्शकको सुझाव नै हाम्रो मार्गदर्शन हो ।