एन्टिना घनश्याम,काठमाडौ । काठमाडौको गोकर्णेश्वर ५ नयाबस्तिमा अबस्थित लिम्पिया नेसनल स्कुलले प्रथम लिम्पिया फुड फेस्टिभल एबम होटेल म्यानेजमेन्ट ल्याब उद्घाटन सम्पन्न गरेको छ।गोकर्णेश्वर नगरपालिका  नगर प्रमुख दिपक रिसालबाट उद्घाटन भएको उक्त कार्यक्रममा निशुल्क आँखा शिबिर समेत संचालन भयो। साना कक्षाका विद्यार्थी देखि १२ सम्मका विद्यार्थीहरुले आकर्षक नृत्य तथा रास्ट्रभाब झल्काउने विविध कार्यक्रमहरु प्रस्तुत गरिएको उक्त कार्यक्रममा एरिकाकै सुबिधासम्पन्न लिम्बिया स्कुलद्वारा नबनिर्मित होटल म्यानेजमेन्ट ल्याबमा विभिन्न राष्ट्रिय ,अन्तर्राष्ट्रिय परिकारहरु बिध्यार्थिहरुबाटै तयार गरि उपस्थितलाइ बितरण गरिएको थियो।कक्षा १२ सम्म पठनपाठन हुने यो स्कुल स्थानीयस्तरमा उदाहरणिय मानिदै आएको उपस्थित  स्थानीयहरुले जानकारी गराए।