काठमाडौं । चलचित्र बिकास बोर्डका नव नियुक्त अध्यक्ष भुवन केसीलाई आज एक कार्यक्रमको बिच नेपाली काङ्ग्रेस आबद्ध सस्था  नेपाल सास्कृतिक संघले बधाई तथा सम्मान गरेको छ। संघको कार्यालय डिल्लिबजारमा आयोजित उक्त कार्यक्रममा संघका अध्यक्ष तिर्थ थापा,महामन्त्री शिबसङ्कर रिजाल जोगिन्दर, सहमहामन्त्री चेत बहादुर सिंह राजा लगायतद्वारा नवनियुक्त अध्यक्ष केसीलाई स्वागत तथा सफल कार्यकालको लागि शुभकामना दिएका थिए। कार्यक्रममा विभिन्न कलाकार ,निर्देशकहरुको उपस्थिति रहेको थियो ।कार्यक्रममा बोल्दै सास्कृतिक संघका अध्यक्ष तिर्थ थापाले भुवन केसी चलचित्र बिकास बोर्डको अध्यक्ष हुनु भनेको सास्कृतिक संघ हुनु हो भन्दै केसीले सम्पुर्ण चलचित्र कर्मिहरुको बारेमा काम गरेर उदाहरिण बन्ने बताए।त्यस्तै सास्कृतिक संघका सहमहामन्त्री चेत बहादुर सिंह राजाले भुवन केसी चलचित्र बिकास बोर्डको अध्यक्ष नियुक्त भएकोमा बधाई तथा शुभकामना दिएका थिए। कार्यक्रममा बोल्दै नवनियुक्त बोर्ड अध्यक्ष भुवन केसीले चलचित्र क्षेत्र  हेर्दा जति सजिलो देखिए पनि काम गर्न कठिन रहेको बताउदै नेपाली सस्कृती बोकेको फिल्म बनाएर सन्सार भरी देखाउन पर्ने बताए।आजै नवनियुक्त अध्यक्ष केसीलाई चलचित्र कलाकार संघले समेत बधाई तथा शुभकामना दिएका थिए।