बुटवल। नेपाली टेलिसिरियलले मिलियन भ्यूज बटुल्न थालेका छन् । भिडियोमा प्रस्तुत गरिने विषयबस्तु , छायांकन सम्पादनमा गुणस्तरीयता भएका कारण सिरिज र टेलिसिरियलले दर्शकको मन जितेका हुन ।
सामाजिक कथा समाजको ऎना हुन । सामाजिक कथा मानिसहरुलाइ आफ्नु लाग्छ ।
यस्तै एउटा सामाजिक कथामा बनेको टेलिसिरियल (सिरिज) हो ` साने ´ । जसले धेरै दर्शकको मन जित्न सफल भएको छ। यो सिरिजका लेखक तथा निर्देशक सुरज घिमिरेले यस सिरियलमा गहिरो मेहनत गरेका छ्न ।
म्युजिक भिडियो, टि भी सिरियल, शर्ट मुभी जस्ता थुप्रै चलचित्र छायांकन, सम्पादन, निर्देशन गर्दै आएका छन् । पछिल्लो समयमा भने आफ्नै लेखन निर्देशनमा सामाजिक सन्देशमुलक ” साने ” नामक सिरिज बनाई रहेका सुरज राम्रो अभिनय पनि गर्छन् । उक्त सिरिजको ५२ औ आध्याय पुगेको अवसरमा `साने´ टिम सबै मिलेर सेलिब्रेशन मनाएका छन।

सेलिब्रेसनमा सिरिजमा कलाकारहरु सुरज घिमिरे ,धुर्ब पौडेल, शेषकान्त ढकाल, कमला गैरे ,गोपाल खनाल,अर्मन शाही,बिपना पन्थ,भावना लम्साल, सम्झना ढकाल रअन्जु रसायाली उपस्थित थिए ।
सिरिजमा समाजमा हुने अत्याचार, अन्याय , शोषक,धनी गरिब बिच भेदभाव ,रुढीबादी आदीलाइ देखाउन खोजीएको छ ।