चिरञ्जीवि पन्थी, चितवन। गुल्मी जिल्ला धुर्कोट गाउपालिका वडा न ७ साबिक वाग्ला ५ लाहाटाको सानीखोलामा बिगत लामो समय देखि धुर्कोट गाउपालिका भित्रैका विभिन्न ठाउँबाट रातोमाटो लिनको लागि मानिसहरु आउने गर्दछन् । धुर्कोट गाउपालिका मात्रै नभइ छिमेकी गाउपालिका मदाने र मालिकामा केही स्थानका मानिस हरु रातो माटो लिन लाहाटा आउने गर्दछन । पछिल्लो समय स्थानीयको अनुमति विना यातायातको प्रयोग गरि रातोमाटो विभिन्न स्थानमा बेच्न थालिएको छ । लाहाटाका स्थानीय सररकारका जिम्मेवार व्यक्ति, गाउपालिका तथा वडा पालिकाले ध्यान नदिदा उक्त क्षेत्रको उचित ब्यबस्थापन नभएको देखिन्छ । वाग्ला ५ लाहाटाका युवाहरूले चुनावको समयमा जनप्रतिनिधिहरुलाई उक्त स्थानबाट रातोमाटो उत्खननमा रोक लगाउन माग राखेका थिए । स्थानीय सरकारले भने युवाहरुको कुरालाई व्यवास्था गर्दै आएको छ ।
वाग्ला लाहाटाका स्थानीय युवाले अवको समयमा चौरको उचित ब्यबस्थापन नभय सम्म चौरबाट रातो माटो लैजान नदिने निर्णय गरेका छन । समग्र वाग्ला कै सबैभन्दा ठूलो चौर वाग्ला लाहाटाको सानिखोला रातामाटाको चौर रहेको छ । चौरको उचित व्यवस्थापन र अव्यवस्थित तरिकाले रातोमाटो उत्खनन् हुदा स्थानीयले सास्ती भोग्नु परेको छ । स्थानीयले प्रयोग गर्दै आएको चौरमा हाल जताततै माटो खन्दा हरियाली नाश हुँदै गइरहेको छ भने स्थानीयहरु उपभोग गर्न बन्चित भएका छन् ।
धुर्कोट गा पा वडा न ७ का अध्यक्ष लिला बहादुर खनाल तथा अन्य जनप्रतिनिधिहरुको ध्यान चौर तर्फ जान जरुरी देखिएको छ । चौरको संरक्षक गर्न बजेट बिनियोजन गरि खेल मैदान निर्माण गर्न अध्यक्ष लिला ब. खनालको दायित्व रहेको स्थानीयले बताउदै आएका छन् । जित्नु अगाडि स्थानीयको हरेक समस्या समाधान गर्छु भनेका अध्यक्ष खनाल पछि हट्न पाउने छैनन । लाहाटाका स्थानीयले माग पूरा नभयसम्म चुप लागेर नबस्ने बताउदै आएका छन् ।
सामाजिक सम्पदामा रातोमाटो उत्खनन रोक गरि खेल मैदान बनाउनका साथै पार्क तथा बृक्षारोपण गर्नु पर्ने छ । समग्रमा वाग्ला कै सान रहेको चौरको छिटो भन्दा छिटो संरक्षण गरि स्थानीयको माग सुनुवाइ गरिन्छ भन्नेमा स्थानयी जनता आशावादी रहेका छन् । स्थानीयले झुट बोलेर झुकाउछु भन्ने सपना नदेख्न स्थानीय सरकार र जनप्रतिनिधिहरुलाई चेतावनी दिएका छन । लाहाटामा रहेका दुई ठुला चौर पर्यटकिय हिसाबले वाग्ला लाहाटा वडा कै नमुना ठाउँ रहेको छ । स्थानीयले चौर संरक्षकमा स्थानीय सरकारका जनप्रतिनिधि, धुर्कोट गाउपालिका अध्यक्ष भुपाल पोख्रेल , उपाध्यक्ष सीता गिरि, वडा अध्यक्ष लिला ब. खनाल तथा सम्पूर्ण जनप्रतिनिधिलाई अनुरोध गरेका छन् ।