काठमाडौं । आज असार पन्ध्र अर्थात धान दिवस । मानो रोपेर मुरी फलाउने दिन  । आज सबैले दही, चिउरा र आँप खाएर असार पन्ध्र मनाउने गर्छन् । आजको दिनलाई दही चिउरा खाने दिनको रुपमा पनि मनाईने गरिएको छ ।

आज खेतमा धान रोपिन्छ । देशभरि नै आज धान रोपेर दिवस मनाईदै छ ।
कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्युरा खान्छन् । यसबेला दहीच्युराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दहीच्युरा खाने पर्वका रूपमा पनि लिइन्छ । खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दहीच्युरा खाई असार १५ लाई सांस्कृतिक पर्वका रूपमा मनाउँछन् ।