काठमाडौं । नेपाली काङ्ग्रेसका नेता स्वर्गीय चक्र बहादुर ठकुरीको सम्झनामा “सातौ चक्र बहादुर स्मृती युगल ब्याटमिन्टन प्रतियोगिता २०७९” को आज एक कार्यक्रमबिच उद्घाटन भएको छ। गोकर्णेश्वर ८ मा रहेको आनन्द युवा क्लबको कबर्ड हलमा आयोजित उद्घाटन कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका निबर्तमान नगर प्रमुख सन्तोष चालिसे,नेपाली काङ्ग्रेस क्षेत्र नम्बर ३ प्रदेश ख का सभापति बिमल ठकुरी , नेपाली काङ्ग्रेस गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ इकाई सभापति लक्ष्मण चौलागाईं , यसै वडाका निबर्तमान वडा अध्यक्ष मनोज ढुंगाना  लगायतको उपस्थिति रहेको थियो। आगामी असार १४ गतेसम्म चल्ने प्रतियोगितामा २४ टिमको सहभागिता रहने आयोजक तथा बेशिगाउ युवा समुहका अध्यक्ष कृष्ण प्रसाद नेपालले जानकारी गराए। प्रतियोगितामा बिजेता टिमलाई क्रमशः प्रथम टिमलाई नगद २०००० सहित सिन्ड,मेडल,प्रमाणपत्र त्यस्तै दोस्रो हुने टिमलाई नगद १००००, सिल्ड,मेडल,प्रमाणपत्र प्रदान गरिने छ भने सेमिफाइनल खेल्ने टिमलाई नगद ५/५ हजार ,सिल्ड,मेडल,प्रमाणपत्र प्रदान गरिने अध्यक्ष नेपालले जानकारी गराए।