काठमाडौं । हलिउड अभिनेत्री एम्बर हर्ड  संसारकै सुन्दर अनुहार भएकी महिला  हुन पुगेकि छन् ।

पूर्वपति डिपसँग घरेलु हिंसाबारेको मुद्दामा हारेपछि एम्बर गत महिना विश्व मिडियाको हेडलाइन बनिन् । तर यसपटक अलग विषयले उनलाई चर्चामा ल्याएको छ ।

एउटा विशेष म्यापिङ फर्मुलाले अभिनेत्री हर्डको अनुहारलाई ‘पर्फेक्ट’ भएको बताएको छ । उनको अनुहारको विशेषताबारे अध्ययन गर्न विशेष प्रविधिको प्रयोग गरियो, जहाँ उनको अनुहार ‘पर्फेक्ट’ रहेको निष्कर्ष निस्कियो ।

उनको आँखा, ओठ र अनुहारको आकारबारे अध्ययन गरेपछि यस्तो निष्कर्ष निकालिएको हो । ब्युटी फाइ भनिने ग्रीकको गोल्डेन रेसियो सिद्धान्तअनुसार यस्तो अध्ययन गरिएको हो, जसअनुसार हर्डको रेसियो १.६१८ निस्कियो ।
यसअघि पनि सन् २०१६ मा हर्डको तस्वीरलाई लिएर परीक्षण भएका थिए भने हार्ले स्ट्रिका चिकित्सक जुलियन डी सिल्भाले उनको गोल्डेन रेसियो ९१.८५ प्रतिशत रहेको उल्लेख गरेका थिए ।