काठमाडौं । नेपाली जनता दल र काजिमान आत्रेय नेतृत्वको समुहबिच पार्टी एकीकरण भएको छ। राजधानीमा एक कार्यक्रम आयोजना गर्दै दुई पार्टी बिच पार्टी एकीकरण भएको हो। त्यस्तै स्वतन्त्र समुहबाट श्याम बहादुर थापा सहितको समूहले समेत पार्टी एकीकरण गरेका छन् । पार्टी एकीकरण पश्चात् पार्टीको नाम नेपाली जनता दल राखिएको छ भने महाधिवेशनले टुंगो नलागुन्जेल दुई अध्यक्ष रहने गरि पार्टी संचालन हुने छ। जसअनुसार राष्ट्रिय अध्यक्ष १,संघीय परिषद अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष २,उपाध्यक्ष ७,महासचिव १,उपमहासचिव ७,सचिब १,सहसचिव ७,कोषाध्यक्ष १,सहकोषाध्यक्ष १,प्रबक्ता १,सङ्घिय परिषद सदस्य १२१सहित संघमा १५१सदस्य रहने छ।एकिकरण कार्यक्रममा नेपाली जनता दलको तर्फबाट वरिष्ठ उपाध्यक्ष रघु परियार,उपाध्यक्ष यम जिसि लगायतका उपस्थिति रहेको थियो भने काजिमान आत्रेय समूह बाट काजिमान आत्रेय लगायत अन्य नेता कार्याकर्ताहरुको सहभागिता रहेको थियो।कार्यक्रममा बोल्दै उपाध्यक्ष यम जिसिले गठबन्धन नभए भाग बन्धन सरकारको कारण  स्थानीय तहमा आफुहरुले उपलब्धि लिन नसकेको बताए।एकीकरण कार्यक्रममा काजिमान आत्रेय, श्याम बहादुर थापा लगायतका नेताहरुले आफ्नो धारणा राखेका थिए।