काठमाडौं । मधेस प्रदेशका अधिकाङ्स निर्बाचित जनप्रतिनिधिहरुलाई नेपालको राष्ट्रिय गान नै थाहा नभएको प्रष्ट भएको छ।एक संचार माध्यमले स्थानीय निर्बाचित जनप्रतिनिधिहरुलाई सोधेको राष्ट्रिय गान अधिकाङ्सले बताउन नसकेको हो।सप्तरीको सुरुङ्गा नगरपालिकाबाट हालै निर्बाचित नगरप्रमुख गिता चौधरी भन्दै थिइन् ,” सयौ थुङ्गा फुलका हामी एउटै माला नेपाली ,प्रकृतिको कोटिकोटी सम्पदाको आचाला।” त्यस्तै अर्का एक मेयर भन्दै थिए,” सयौ ढुङ्गा फुलका हामी एउटै माला नेपाली ,” अन्य केही जनप्रतिनिधि त बताउदै थिए,” थाहा नै पो छैन,”। जनप्रतिनिधिहरुलाई नै आफ्नो देशको राष्ट्रिय गान थाहा नहुदा स्थानीयको सेवा सुबिधा कसरी गर्लान भनेर अहिले स्थानीय सर्बसाधारणहरु रुष्ट छन् ।स्थानीय एक ब्यक्ती भन्दै थिए,” हाम्रो लागि केही सेवा सुबिधाका कार्य गर्लान् भनेर जिताएर पठाइयो तर राष्ट्रिय गान नै थाहा नहुदा लाग्छ अब यिनिहरुबाट हामीले आसा गर्ने ठाउँ रहेन।स्मरण रहोस् अहिले यो भिडियो सामाजिक संजालमा भाइरल नै भएको छ।