काठमाडौं । तान्त्रिक गुरु प्रकाश भुजेलले तान्त्रिक बिधिबाट धेरै बिरामीहरुको उपचार गरेको बर्षौ भयो।भन्छन् ” मैले उपचार गरेका बिरामीहरु अहिले कोहि अमेरिका ,जापान ,हङकङ ,युरोपमा छन् । काप्ने,छोप्ने,बहुलाउने जस्ता धेरै बिरामीको मैले उपचार गरेर निको पारेको छु।” धामी झाँक्री होस्  वा डाक्टरहरु पैसा कमाउने तिर मात्रै लागेको आरोप प्रकाशको छ। आफु सधै गरिब, दिन दुखिको सेवामा लागेको बताउने उनी आर्थिक स्थिति कमजोर भएका बिरामीको उपचार आफुले जानेको,सकेको अनुसार निशुल्क गरिदिने बताउँछन् ।कसैले पनि सम्पतिको घमण्ड गर्न नहुने भन्दै भुजेलले सडक पेटितिर बस्ने मान्छेहरु देख्दा आफुलाई साह्रै दु:ख लाग्ने बताउँछन् ।केही समय अगाडी केही युटुबरहरुले आफ्नो धर्म सस्कृतिमाथी लात हान्ने काम गरेको भन्दै उनले घरी घरी आफुलाई नजिस्काउन आग्रह गर्दै सधै जिस्काइ रहे उनिहरुलाई समेत नराम्रो हुने तान्त्रिक गुरु प्रकाशले बताए।स्मरण रहोस्  केही समय अगाडी एक युटुबरले उनै गुरुलाई शक्ति देखाउ भन्दा एक युवालाई उनकै अगाडी तान्त्रिक शक्ति बाट लडाएका थिए,पछि फेरि उनैले ती ढलेका युवालाई उठाएका थिए।