दर्शक श्रोताको मन जित्ने किसिमका गीत लेख्नमा वरिष्ठ गीतकार सुर्य कुमार घिसिङ अगाडि छ्न । वरिष्ठ संगीतकार तथा गायक बिक्रम थापाको स्वर /संगीत रहेको ` सारा वेदनाहरु ´ बोलको गीत अखबार अनलाइन टिभीको युटुब च्यानल मार्फत बजारमा आएको छ । डिल्लीबजारमा रहेको हार्मोनिक रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको गीतमा प्रेम र भाग्यले ठगिएका प्रेमीहरुका मनोभावना समेटिएको छ । शब्द , संगीत र स्वरका हिसाबले घिसिङका गीतहरुमध्य संगीतप्रेमीहरुले यस गीतलाई उत्कृष्ट भन्छ्न ।
गीतकार घिसिङ भन्छन् – `मानिसको जीवन एकैनास हुँदैन । कहिले मिलन कहिले बिछोड जिन्दगीको रित हो । कहिले उकाली कहिले ओराली गर्नैपर्छ । सुख र दु:खका कथाहरूले जिन्दगीको परिभाषा बन्छ । गीत मान्छेको जीवनको भोगाइ भएको हुनाले त्यस्तै भावहरु गीतमा समेटिन्छ्न । सारा वेदनाहरुमा यस्तै चोटिलो भावलाई समेटन खोजेको हुँ ।´