महामानव गौतम बुद्धले इसापूर्व ५२८ वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धगयास्थित पीपलको रूख मुनि बुद्धत्व प्राप्त गर्नु भएको हो । आज महामानव गौतम बुद्धको २५६६औँ जयन्ती आज देशभर मनाउन मनाइदैछ ।
दुःखलाई अन्त्य गर्ने , तृष्णालाई मेटाउने , मानव जीवनलाई सुन्दर बनाउने , मानव र प्राणीको हित गर्ने , बिश्व शान्तिको कामना गर्दै अहिंसामय जीवन जिउने आदि कुरा बुद्ध दर्शन निम्ति अनिवार्य छ । आष्टिङ्ग मार्गको बौद्ध दर्शनमा विशेष महत्त्व रहदै आएको छ । बुद्धले धर्म दर्शनको क्षेत्रमा चार आर्य सत्य उतिकै महत्त्वपुर्ण छ ।
आष्टिङ्ग मार्ग अन्तरगत सम्यक् सङ्कल्प, सम्यक् दृष्टि, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि पर्दछ्न । यी बौद्ध दर्शनको आठ मार्ग हुन् ।
बुद्धले पहिलोपटक सारनाथस्थित मृगदावनमा पञ्चवर्गीय भिक्षुहरूलाई धर्मदेशना दिनुभएको थियो । ४५ वर्षसम्म यस्तो ज्ञान बाँडेपछि ८० वर्षको उमेरमा इसापूर्व ४८३ मा वैशाख शुक्ल पूर्णिमाकै दिन कुशीनगरमा महापरिनिर्वाण प्राप्त गर्नु भएको हो ।
बुद्ध दर्शनमा तृष्णाको नास गर्न तृष्णालाई मेटाउनपर्छ भनिन्छ । खराब तत्वहरुको नास गर्ने नाउँमा बौद्ध समुदायमा समेत केही अकुशल प्रथाले प्रवेश पाएको छ । यस्ता खराब प्रचलन हटाउदै जानुपर्छ । बलि त तृष्णाको दिनुपर्छ । कुखुराको बलि दिएर कुनै धर्म र सम्प्रदाय अगाडि जान सक्दैन । पुजा त सुन्दर जीवनको गर्नुपर्छ , मुर्तिको पुजा गरेर पुण्य हुने होइन । सेवा त गरिबहरु गर्ने हो ।
आफूलाई बौद्ध भनेर बस्त्र धारण गरेर गुम्बामा बसेर मात्र बौद्ध हुन सकिदैन । जीवन व्यबहारमा बुद्धको जस्तो आदर्श झल्किनुपर्छ । तृष्णा , विभेद , रिसराग आदि कुरा भएको ब्यक्तिले बुद्धलाई बुझ्न सक्दैनन् ।
बुद्ध जयन्तीको सबैलाई शुभकामना ।