एक समय सुर्य कुमार घिसिङ र साथीहरू माझ परिचित र चर्चित गीत थियोे त्यो डाँडामाथी । संगीतकार प्रमेन्द्र महर्जनसहितका साथीहरूले त्यो गीत गाउँदा सांगीतिक वातावरण प्रेमिल हुन्थ्यो । त्यही गीत अहिले फ़ेरि रेकर्डिङ भएको छ । डिल्लीबजारमा रहेको हार्मोनिक रेकर्डिङ स्टुडियोमा त्यो गीत रेकर्ड भएको हो । यस गीतको लिप्सिङ भिडियो समेत बनेको छ । जसमा तुलुक लामाको स्वर र प्रमेन्द्र महर्जनको संगीत रहेको छ । अखबार नेपालको युटुब च्यानल मार्फत बजारमा आएको गीतको म्युजिक भिडियो कमल फुँयालले निर्देशन गरेका हुन ।
एक समय युवावयमा प्रेमिल भावमा डुबेर सुर्य कुमार घिसिङले लेख्नुभएको यस गीतमा लोक आधुनिक शैलीको बेजोड प्रयोग गरिएको छ । संगीत पनि झन्कार दिने खालको छ । शब्द संयोजन उतिकै सशक्त छ ।
घिसिङ भन्छ्न -` एउटा सच्चा प्रेमीले आफ्नु प्रेमिकाको निम्ति व्यक्त गर्ने पवित्र भाव यस गीतमा छ जस्तो लाग्छ । गीत भनेको शब्दले मात्र हुँदैन । संगितदेखी गायनसम्म सशक्त हुनुपर्छ । यो गीतमा गोधुली साँझ बसन्त ऋतुको बतास चल्दै गर्दा म आफै पनि सुन्छु । मेरो मन परेको आफ्नु गीतमध्य यो गीत पनि हो ।´
संगीत , गायन , शब्दहरु मजबुत भएका गीतहरु खडेरी परेको बेला आएको यस गीतले सुगम संगीतका श्रोताहरुको मन जितेको छ ।