मैले गल्ति तिम्रो ठाने
तिमी भन्छौ मेरो हो,
पहिले त ठिकठाकै थियो
अहिले केले खराब भो।

तिमी भन्छौ समयले
कुर्दैन हामी कसैलाई,
भित्ते घडी रोकाएर
थामी राखम् समयलाई ।
म भन्छु अपारदर्शी छ
कस्ले साहास गर्ने छेकेर,
गोलो छ भन्छन् पृथ्वी त
पालो आउछ एकदिन घुमेर।

मैले गल्ति तिम्रो ठाने
तिमी भन्छौ मेरै हो,
आखिर गल्ति जस्को भा नि
हेर्नेलाई मज्जाले तमाशा नै भो ॥