प्रधानमन्त्री शेर बहादुर देउवा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिको निमन्त्रणामा मित्र राष्ट्र भारतको ३ दिने औपचारिक भ्रमणमा हुनुहुन्छ। यस अवधीमा प्रधानमन्त्री देउवाले भारतका श्रीसस्त नेताहरुसङ्ग भेटबार्ता गर्ने कार्यक्रम रहेको छ।भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपति बैङ्कैया नायडूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । चैत १९ गते भारतीय प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता हुने कार्यक्रम रहेको छ । साथै, भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री देउवासहितको प्रतिनिधिमण्डलको सम्मानमा दिवाभोजको आयोजना गर्नुहुनेछ ।त्यसैगरी, प्रधानमन्त्री देउवासँग भारतीय विदेशमन्त्री तथा भारत सरकारका राष्ट्रिय सुरक्षा सल्लाहकारले भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा देउवाले भारतका विदेश मामिलामन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकारसँग पनि भेट गर्नुहुनेछ । त्यस्तै प्रधानमन्त्री देउवाले भारत भ्रमणका अवसरमा नयाँ दिल्लीमा व्यापारीको भेलालाई सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ ।

भ्रमणका क्रममा नेपाल भारत सम्बन्ध थप मजबुत हुने भनिएको छ।तर यस अवधिमा सिमा समस्या देखि जल विद्युत र अन्य समस्याको लागि पहल गर्नुपर्ने टड्कारो खाचो रहेको देखिन्छ।स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा नेपाललाई राजनितिक सहयोग भन्दा पनि नेपाली जनताको भलाई हुने बिभिन्न खाले सहयोग गरिदिए दुइ देश बिचको सम्बन्ध थप मजबुद हुने निश्चित छ।नेपाल भारत बिचको कालापानी लिपुलेक समस्या चाँडो समाधान हुनुपर्ने देखिन्छ भने अझै तराइका सिमा नाकामा हुने चोरी तस्करीको लागि दुबै देशका सरकारले तदारुकताका साथ चासो दिनुपर्ने देखिन्छ।जल विद्युत, स्वस्थ्य, शिक्षा ,खानेपानी, यातायातमा जसरी भारतको सहयोग रहदै आएको छ यसलाई निरन्तरता दिदै थप सहयोगको अपिल आम नेपालीहरुले गरेका छन् । अत: स्थानीय निर्वाचनको मुखैमा प्रधानमन्त्री देउवाको भारत भ्रमण राजनितिक दाउपेजको लागि मात्र नभई खास सार्थक भ्रमण बनोस् शुभकामना ।