काठमाडौं । नेपाल कमर्स क्याम्पस मिनभवनमा अध्ययनरत विद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने नाममा अनियमितात गरेको आरोप लागेको छ । नेपाल विद्यार्थी संघ मिनभबन ईकाई समितिले सो क्याम्पसको प्रशासनमा शैक्षिक भ्रमणको नाममा गैरविद्यार्थी समाबेश गरेर अनियमितता गरेको भन्दै छानविन गरी कारबाहीको माग राख्दै निबेदन दर्ता गराएका छन ।

सो निबेदनमा विविए ८ औं सेमिन्टारका विद्यार्थीलाई शैक्षिक भ्रमण लैजाने भन्दै नाम संकलन गरिएको थियो । सो समुहमा ९६ जना विद्यार्थी रहेकोमा २०७८ पुस २७ गतेदेखी ५ दिने भ्रमणमा भने ७४ जना विद्यार्थीमात्र सहभागी भएको संघका कार्यबाहक सभापति विष्णुहरि खड्काले बताए ।

सो भ्रमणमा क्याम्पसका विविए ड्पुटी डाईरेक्टर खुबीराम आर्चायले ८६ जना सहभागी भएको भन्दै नक्कली हस्ताक्षर र विल बनाई १ लाख २० हजार रुपैयाँ अनियमितता गरेको ठहर खड्काले गरेका छन् । संघले सो भ्रमणमा सहभागी नभएका १२ जना विद्यार्थीहरु को को हुन त्यसको समेत परिचय सार्वजनिक गरी कारबाही गर्न माग गरेको छ ।

नेपाल बिध्यार्थी संघ ले यो बिषयको छानबिनको लागि डिन कार्यलय,रजिस्ट्रार कार्यालय ,भि .सि कार्यालय  समेत निबेदन दिएको जनाएको छ।यसै सम्बन्धमा क्याम्पसका डेपुटी डाईरेक्टर आचार्यले भने,‘हामीले कुनै पनि अनियमितता गरेको छैन, सुरुमा पेस्की लिएको हो,हामिले कुरा मिलाइसकेका छौ ंम मिटिङमा छु भन्दै फोन राखे। यो समस्या सेलाउन नपाउदै देसकै टपटेन क्याम्पसभित्र पर्ने नेपाल कमर्श क्याम्पस को अर्को एउटा अनियमितताको जालो छरपस्ट भयको छ।कोभिड लकडाउनको समयमा उक्त क्याम्पसले १७० ओटा अनलाइन कक्षा नपाढाइकनै प्रतीकक्षा ६९ हजारको दरले एक करोड १७ लाख ३० हजार रुपैयाँ क्याम्पस प्रमुख धुर्ब सिलवाल,बिबिए डेपुटी डाइरेक्टर खुबिराम आचार्य र लेखा प्रमुख बुद्दी कुमार दुअ को मिलेमतोमा भुक्तानी लिइएको आरोप ने बि संघ नेपाल कमर्स क्याम्पस इकाइ कमिटिले लगायको छ। प्रा.जीवन भट्टराई क्याम्पस प्रमुख भयकोबेलामै उक्त रकम भुक्तानीको ताकेता भयतापनी भट्टराईले कक्षासन्चालनको रेकर्ड पेस गर्नोस भनेपछि उक्त रकम भुक्तानी भएको थिएन ,भट्टराई को अबकासपछि पुर्ब निमित्त क्याम्पस प्रमुख अजय खड्काको पालामा समेत उक्त भुक्तानी रोकिएको र बर्तमान क्याम्पस प्रमुख नियुक्ती भएसंगै  एकाएक रोकिएको रकम भुक्तानी भयसङै यो तालमेल गम्भीर हुँदै गएको छ।