काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्न आज सुदूरपश्चिम प्रदेश जाँदै हुनुहुन्छ ।
विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्का अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री देउवाले उद्धार, राहत र पुनस्र्थापनामा सम्बद्ध निकायलाई परिचालित हुन निर्देशन दिनुभएको छ ।

प्रधानमन्त्री देउवाले स्थलगत निरीक्षणका क्रममा बाढी पहिरोले पु¥याएको क्षति, प्रभावित जनजीवनको अवस्था, उद्धार र राहतमा भइरहेका गतिविधिका बारेमा जानकारी लिनुहुने प्रधानमन्त्री देउवाको निजी सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री नियुक्त भएपछि पहिलोपटक गृहप्रदेश सुदूरपश्चिम जान लाग्नुभएका प्रधानमन्त्री देउवाले सुदूरपश्चिमका विभिन्न पहाडी जिल्लामा भएको धनजनको क्षतिका सम्बन्धमा जानकारी लिनुहुनेछ ।

प्रधानमन्त्री देउवासँगै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले पनि निरीक्षणमा जाँदै हुनुहुन्छ । काँग्रेस नेताहरू रमेश लेखक, एनपी साउद र वीरबहादुर बलायरलगायत जाने तयारीमा हुनुहुन्छ ।
प्रधानमन्त्री देउवा सम्भव भएसम्म बिहीबार नै कर्णाली प्रदेशमा पनि पुग्ने तयारी छ, प्रधानमन्त्री देउवा निजी सचिव भानु देउवाका अनुसार मौसम प्रतिकूूल भएन भने प्रधानमन्त्री देउवा कर्णाली प्रदेशका बाढी प्रभावित जिल्लाको निरीक्षणमा समेत जानुहुनेछ ।