पाल्पा। १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा
तानसेन नगरपालिका-११ बस्ने २० वर्षीय प्रेम सुनारलाई प्रहरीले पक्राउ गरेको छ।

सोही नगरपालिका-४ सिलखान टोलमा प्रेमले गत असोज २५ गते ती किशोरीलाई जबरजस्ती करणी गरेको सूचनाको आधारमा उनलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।