गायक बिश्वास घर्ती मगर र गायिका मधु राइको दशै कोसेली “दशै तिहार” बोलको म्युजिक भिडियो सार्बजनिक भएको छ।
नवीन श्रेष्ठको शब्द रहेको उक्त गितको सङ्गीत राधा बिसिले दिएका छन् ।चेतन समतले सम्पादन गरेको भिडियोको क्यामेराम्यान प्रतीक बि. श्रेष्ठ रहेका छन् ।मोडेल प्रतीक बि. श्रेष्ठ र सबिता श्रेष्ठको अभिनय रहेको यस भिडियोलाई नवीन श्रेष्ठले निर्देशन गरेका छन् ।स्याबास नेपाल टिभी युट्युबमार्फत बजारमा ल्याइएको यस म्युजिक भिडियोलाई छोटो समयमै आम दर्शकले मन पराएका छन् ।