काठमाडौं । नेपाल चलचित्र कलाकार संघको अठारौं बार्षिक साधारणसभा आज राजधानीमा सम्पन्न भएको छ। प्रमुख अतिथिहरु वरिष्ठ कलाकार बसुन्धरा भुसाल,भुवन चन्द,चैत देबी सिंह,दयाराम दाहाल, मदनदास श्रेष्ठ ,घनश्याम खड्का लगायतको उपस्थिति रहेको उक्त कार्यक्रममा अध्यक्ष रबिन्द्र खड्का  ,महासचिब चेतबहादुर सिंह राजा,कोषाध्यक्ष सुनिल कटुवालले आआफ्नो प्रतिबेदन पेस गरेका थिए।उपाध्यक्ष रेजिना उप्रेतीले स्वागत मन्तव्य दिएकी कार्यक्रममा महासचिव राजाले प्रतिबेदन पेस गर्दै अहिलेको कार्यसमितिले विभिन्न उल्लेखनीय कार्य गरेको बताए।उनले चलचित्र कलाकार संघको आफ्नै भवन बनिसकेको ,त्यस्तै कोभिडको बिचमा मारमा परेका कलाकारहरुलाई सहयोग गरेको जनाए। कार्यक्रममा बोल्दै वरिष्ठ कलाकार मदनदास श्रेष्ठले संघको कार्यक्रममा चल्तिका कलाकारहरु उपस्थित नहुनु दुखको कुरा बताउदै त्यस्ता कलाकारहरुलाई कुनै पनि दु:ख पर्दा संघले सहयोग गर्न नहुने बताए।चलचित्र बिकास बोर्डका अध्यक्ष दयाराम दाहालले कोभिडका कारण आम कलाकारहरु जिरो स्थानमा आएको जनाउदै अब चाडैं फिल्म हलहरु खोलेर चलचित्र जगत चलायामान बनाइने बताए।कार्यक्रममा चलचित्र क्षेत्रका विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।संघका उपाध्यक्ष तथा प्रबक्ता मोहन निरौलाले चलाएको उक्त कार्यक्रम संघका अध्यक्ष रबिन्द्र खड्काको सभापतित्वमा सम्पन्न भएको थियो।