काठमाडौं । बुढानिलकण्ठ नगर प्याब्सनको अध्यक्षमा निर्बिरोध भएसगै नवनिर्बाचित अध्यक्ष राधेश्याम श्रेष्ठलाई अहिले  बधाइ दिनेहरुको ओइरो लाग्न थालेको छ। यहि असोज ९ गते भएको नगर प्याब्सनको चुनावमा श्रेष्ठ   अध्यक्षमा निर्बिरोध निर्बाचित भएका हुन।शिसु मिलन मा .बि चुनिखेलका फाउण्डर डाइरेक्टर  समेत रहेका श्रेष्ठलाई आज आफ्नै बिध्यालयका शिक्षक,शिक्षिका एबम बिध्यार्थिहरुले एक कार्यक्रम गरि बिद्यालयमै  भब्य  सम्मान गरेका हुन।  शिक्षक शिक्षिकाहरुले श्रेष्ठको कार्यकालको सफलताको शुभकामना समेत दिए। शिक्षासेवी श्रेष्ठलाई स्थानीयहरुले समाजसेवीको रुपमा समेत लिने गरेका छन् ।