काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतले खाद्य व्यवस्था तथा व्यापार कम्पनीअन्तर्गतको प्रादेशिक कार्यालय सुर्खेतको चामल गोदाम सिल गरेको छ । केन्द्रबाट आएको कुहिएको बास्मती चामल राखिएको गोदाम खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले सिल गरेको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कुहिएको ४ सय ८७ मेट्रिक टन बास्मती चामल राम्रो चामलसँग मिसाएर कर्णाली प्रदेशका दुर्गम जिल्लामा बिक्रीका लागि पठाएको समाचार राजधानी दैनिकले बुधबार प्रकाशित गरेपछि डिभिजन कार्यालयले बिक्री वितरण नगर्ने भन्दै चामल गोदाम सिल गरेको हो ।