काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल(प्याब्सन) को सूर्यविनायक नगर कमिटीमा दिनेश मैनालीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । मैनालीको अध्यक्षतामा ७ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित भएको हो ।

आइतबार डोलेश्वर भिलेज रिसोर्टमा सम्पन्न अधिवेशनबाट बालकोटस्थित डेन्स स्कूलका संचालक एवं प्रिन्सिपल दिनेश मैनालीको अध्यक्षतामा ७ सदस्यीय सूर्यविनायक नगर कमिटी निर्विरोध निर्वाचित भएको हो।

त्यसैगरी, उपाध्यक्षमा रेन्बो इङलिस स्कूलका बिनोद काफ्ले, सचिवमा युनिटीका खुम शर्मा र कोषाध्यक्षमा प्रेसियसका भोला चौधरी निर्वाचित भएका छन् । सदस्यहरुमा जनचेतनाका यज्ञराज भट्टराई, बैदिक स्कूलका बालकुमार खत्री र ग्लोबलका कृष्णभक्त ङाखुशी रहेका बताइएको छ । निर्वाचक मण्डलको जिम्मेवारीमा संयोजक गणेशबाबू पोखरेल र सदस्यहरुमा धर्मरत्न खाइतु र अङ्कित पोखरेल रहेका थिए ।

उक्त अवसरमा केन्द्रीय नेताहरु दिपिका रिमाल थापा, भुवनलाल श्रेष्ठ, संगीता हमाल, प्रदेश कमिटीकी ऐश्वर्य विष्ट जिल्ला अध्यक्ष चन्द्र अधिकारी लगायतको आतिथ्यता रहेको थियो ।

प्याब्सन अन्तर्गत सूर्यविनायक नगरपालिकामा ३२ विद्यालय रहेका छन् ।निर्बाचित भयसङै सन्चारकर्मिहरुसङ सङ्क्षिप्त कुराकानी गर्दै अध्यक्ष मैनालिले भने,हामी भौतिकरुपमा तत्काल बिध्यालयहरु सन्चालन गर्ने तयारी गर्नेछौं र नजिकिदो महान चाड बिजयादशमिपश्चात बिगतमा झै स्वास्थ्य मापदण्ड अपनाइ पठनपाठन सुचारू गर्नेछौ।