नलेख्दा पनि शब्दभरी भेटिन्छ उ
नहेर्दा पनि नयनभरी देख्छु
आँखा चिम्लिदा नदेखिने त भाैतिकता रहेछ
उ त अभाैतिक
हावा झेै महसुस मात्र गर्न मिल्ने गरेर
म आफैलाइ नसम्झिने सम्झना बनेर
बिलिन भएछ
मै भित्र !

फगत मेरै मन दुखाएकाे हाे
उसले आफुलाई खुसि पार्न
पागल प्रेमी म नै थिए
उसकै खुसिका लागी मेराे खुसिलाई बनाएको हुँ बन्धक
छोडेर आएकी हुँ उसलाई
प्रेम र घृणाबिच

उहि आँखाबाट
राफिलाे आँशु खसालेर
मनका अगेनाहरुमा सेकाइरहेछु आफुलाइ
भावनालाई भावुक बन्न दिएकै छु
बाचेकै छु एउटा जिन्दगी

दुखेकै छ मन
लागेकै छ ननिको
भएकै छु यादहरुले बेहाल
र पनि सहेकै छु
बिछोडमय यामलाइ

ए पागल प्रेमीहरु हाे
यसरी पनि हुन्छ प्रेम
प्रेम बच्छ प्रेमी त्यागीन्छ
प्रेमी त्यागिन्छ प्रेम बच्छ
यस्तो प्रेम पनि गरेकै छु
हारेर पनि जित्ने मन्त्र जानेकै छु

मनलाई सन्चो हुँदैन
खुसि त्यागिन्छ बारम्बार
सम्झना र प्रेम
उभिन्छ आँखा सामु
सानो भेल ओर्लिन्छ आँखाबाट

तिमी गयौं
आँखाबाट तिम्रो याद गएन
तिमी गयौं
मनहरुबाट तिमी हराउन सकेनौं

यस्तो लाग्छ
मेरो एउटा प्रेमलाइ
तिम्रा सयौं घृणाहरुले तिरष्कार गर्न सकेनन

र त
हुँदैन भनिन्छ प्रेम तुच्छ
र त
हुँदैन भनिन्छ घृणा महान