गजल

जिन्दगीमा थोरै खुशी च्यापेर अन्धकार आएको छ
दुबै आँखा फुटेको दिन चस्मा उपहार आएको छ

घरको ऋण तिर्न सहर पसेको बर्ष दिन पनि नपुग्दै
पहिरोले घर पुरेको खबर बोकेर अखबार आएको छ

ती बुढी आमा अचेत हुन सक्छिन सम्हालि देउ कसैले
बिहानै परदेश बाट छोरा बितेको समाचार आएको छ

रिस लाई भित्रै दबाउछ कि देखाउछ प्रतीक्षा गरौ
भुपु श्रीमती लिएर उस्को अगाडि जार आएको छ

छुट्टीएको बर्षौ पछि तिमिलाइ सेतो पहिरनमा देख्दा
मनमा भुइचालो अनि आखामा असार आएको छ

बिजय घिमिरे बिफल
बनेपा 2