काठमाडौं । नेपाल वादोरियो इन्टरनेसनल कराते फेडेरेसन(WIKF)नेपालले राजधानीमा  ब्लाक बेल्ड टेस्ट तथा ग्रेडिङको सेमिनार सम्पन्न गरेको छ।यहि भदौ २५ र २६ गते दुई दिन भएको उक्त सेमिनारमा विभिन्न जिल्लाका खेलाडीहरु दिक्षित भएका थिए।दिक्षित खेलाडीहरुलाई WIKF नेपालका अध्यक्ष आङ छिरिङ शेर्पा , प्रमुख प्रशिक्षक मान बहादुर मोक्तान,महासचिव  सन्जय जङ्ग साही  लगायत सचीव बालमुकुन्द कार्की लगायतले प्रमाणपत्र तथा बेल्ड हस्तान्तरण गरेका थिए।