प्रायःजसो यस्ता पसलहरु देख्नु भएको छ जसका मालिकहरु मुस्कान दिएर ग्राहकलाई स्वागत गर्छन् । अर्थात् निकै स्नेह र श्रद्धाका साथ आफ्नो पसलमा भएका सामग्रीहरु देखाइरहेका हुन्छन् । तिनै पसलमा ग्राहकहरुको पनि भीड देखिन्छ ।

भनिन्छ, जसको ओठमा मुस्कान छैन उनीहरुले पसल खोल्नु हुँदैन । पसले जीवन एक वास्तविकता हो । जीवनमा हाँस्दै तपाईं अरुलाई पनि जीवन दिन सक्नुहुन्छ । जीवन आफैँमा धेरै गाह्रो र गम्भीर छ । हरेक मोडमा जिन्दगी यस्तो प्रश्नहरु उठाउँछ कि जब उत्तरको खोजीमा दिमाग अस्थिर बन्छ ।

क्रोध, चिन्ता, डर आदि मानिस जन्मेदेखि नै उसको साथमा हुन्छ । मान्छे एक मात्र त्यस्तो प्राणी हो जसलाई प्रकृतिले हाँस्ने शक्ति दिएको छ । तर यो देख्दा दुःख लाग्छ कि जानबुझेर वा अनजानमा हामी हाँस्न बिर्सन्छौं । हास्य कलाले हामीलाई समस्यामा फस्नबाट जोगाउँछ । यसले मानिसको गहिरो, दमनित भावनाहरुलाई बाहिर आउन प्रेरित गर्छ । प्रकृतिले मात्र मानिसलाई हाँस्ने क्षमता दिएको छ ।

हाम्रो जिन्दगीमा हास्य कला कमजोर भइरहेको छ । किनकि मानिसहरु आफ्नैबाट अपरिचित र एक अर्कासँग टाढा भएका छन् ।अनलाइन खबर बाट