नेपाली फिल्म निर्देशक सुदर्शन थापाले  आज मोडल तथा समाचार वाचिका सुप्रिया कटुवालसँग इन्गेजमेन्ट गरेका हुन् । सुदर्शन र सुप्रिया विगत ६ महिनादेखि प्रेम सम्बन्धमा थिए । सुदर्शन र सुप्रियाले काठमाडौंको एक होटलमा नजिकका आफन्तको उपस्थितीमा इन्गेजमेन्ट गरेका हुन् । सुदर्शन र सुप्रियाको बिहे भने असोजको २२ गते हुनेछ ।

सुप्रिया केही बर्ष अगाडिसम्म म्यूजिक भिडियो अभिनयमा व्यस्त थिइन् । उनले दर्जनौ म्युजिक भिडियो र केही सिरियलमा पनि अभिनय गरेकी छिन् । सुप्रियाले ‘रातो टिका, नयनको बाटो, के यो माया हो, कर्मै खोटी, ब्यूटी नम्बर १, मरुभुमी, जब जब’ लगायतका गीतका भिडियोमा अभिनय गरेकी छिन् ।

सुदर्शन र सुप्रिया केही महिनादेखि डेटमा रमाइरहेपनि उनीहरुले सम्बन्धलाई भने गोप्य राखेका थिए ।