जोरपाटी । गोकर्णेश्वर नगरपालिकाले  यही भाद्र २२ गते मङ्गलबार कुशे औसी अर्थात गोकर्णे औसीको उपलक्ष्यमा नगरपालिका  अन्तर्गत पर्ने वडा कार्यालय तथा शिक्षण सस्थाहरुमा स्थानीय बिदा दिने भएको छ।नगरपालिकाले आज एक सुचना निकालेर यस्तो निर्णय गरेको हो। यो दिन गोकर्णेश्वर नगरपालिका अन्तर्गत गोकर्णेश्वर मन्दिरमा भक्तजनहरुको घुइचो लाग्ने गर्दछ्न्।