शब्दः निशा सापकोटा

म टालेर च्यातिएकाे हुँ सिलाउनै सकिन्न रे
छरिएका माया राेएर मिलाउनै सकिन्न रे

खै गुनासाे आफु सँग गराैं कि उ सँग गराैं ?
गुमेकाे विश्वास बारम्बार दिलाउनै सकिन्न रे

काल नआउन्जेल जे परे नि बाच्नै पर्ने रैछ
हार्दैमा मराेस भनी बिष पिलाउनै सकिन्न रे

कलियुगमा न पतिब्रता न पत्निब्रता भेटिए
हुनपनि सिताझै धर्तीमा बिलाउनै सकिन्न रे

खै प्रेमका परिभाषा कसले प्रस्ट दिन सके ?
यहा रुवाएर भन्छन् प्रेम गिराउन सकिन्न रे !