༈ དབྱར་གནས། ། वर्षबास ,?
/ बौद्धहरुको अति महत्त्वपूर्ण पर्व बर्षबास ।
हाम्रो अतुलनीय शास्ता बुद्ध भगवान कहाँ , कुन ठाउहरुमा बर्षबास बस्नु भयएको थियोे ” स्थानहरुको जानकारी तथा बर्षबासको अर्थ महत्त्व छोटकरीमा )

अतुलनीय भगवान् बुद्ध स्यंम बर्खायामको समयमा हाल नेपाल लगायत भारतको विभिन्न स्थानहरुमा ४५ पटकसम्म पवित्र स्थानहरुमा बर्खाबास बस्नु भएको थियोे।

बर्खाको समयमा धर्तीमा अत्यधिक जीव एवम् सानोतिनो प्राणि किरा फटयांग्रो असंख्य माटो घासमा उत्पन्न हुने भएकोले अहिंसा सर्वप्राणीको रक्षा र संरक्षणकोलागि पनि यो अबधिमा एकै स्थान विहार- गुम्बाको सिमित क्षेत्रमा मात्रै हिडडुल- विनय शिलको परिधिभित्र रहेर
१) शील
२)समाधी
३) प्रज्ञामा आधारित त्रीपिटकको त्री शिक्षामा रहेको शील र समाधिको परहितार्थ पालना साधना तथा भिक्षुगण जनसमुदायलाई शिल तथा साधनामा उत्प्रेरित गर्नु हुँदै सतधर्मको उपदेश गरि बस्नु भएको थियो अतुलनीय भगवान् बुद्ध स्वंम पनि बर्षवा 45 पटकसम्म । हालसम्म पनि यो महत्त्वपूर्ण बौद्ध परम्परा अटुट र अविछिन्न रुपमा चलिआएको छ ।

भगवान् बुद्ध ४५ वर्षसम्म वर्षावास बस्नु भएको तीर्थस्थलहरु क्रमशः

# प्रथम” वर्षावास ऋषिपतन मृगदावनमा।
दोस्रो देखि चौथोसम्म “बैशाली-नगर कुटागार बिहारमा ।
पाचौं ” वैशाली नगरको कूटागारशालामा ।
छैटौं ” मंकुल नामक पर्वतमा ।
सातौँ बर्षवासचाहि तावतिस देवलोकमा ।
आठौं ” भग्गदेशको सुंसुमारगिरि नगरको भेशकला नामक बनमा ।
नवौं ” कौंशम्बी नगरको घोतिताराममा ।
दशौं” पारिलेय्यक बनमा ।
एघारौं ” मगध राज्यको दक्षिणगिरिको एकनाला नामक ब्राह्मणग्राममा ।
बाह्रौं ” वेरञ्जा नगरमा ।
तेरौं ” चालीय पर्वतमा ।
चौधौँ ” श्रावस्ती नगरको जेतवनमा ।
पन्ध्रौं “कपिलवस्तुको निग्रोधाराममा ।
सोह्रौँ ” आलवक देशमा
सत्रौं” राजगृहको वेणुवनाराम विहारमा ।
अठारौं र उन्नाइसौं ” चालीय पर्वतमा।
बीसौं ” राजगृहमा।
एक्काईसौँ ” चेतवन महाविहारमा ।
बाइसौँ देखि चवालिसौँसम्म ” श्रावस्तीमा ।
पैतालिसौं अन्तिम बर्षावास भगवान्ले वैशालीको बेलुग्राममा – यी पवित्र स्थानहरूमा ४५ वर्षसम्म भगवान वर्षाबास बस्नुभएको थियो!

, (( त्यो बेला कोशलराज्यमा पर्ने श्रावस्ती नगरमा उपासक (दाता) अनाथपिण्डिक तथा उपासिका विशाखा ,उहाँ महिला हुनुहुन्थ्यो ” जस्तो सर्वसम्पन्न गृहस्थहरुले त्यो समयमा बुद्ध भगवानलाई सयौंको संख्यामा अति आकर्षक विहारहरु निर्माण गरि बुद्ध संघमा अर्पण गर्नु भएको थियोे। बुद्ध भगवान धेरैवटा बर्षवास बस्नु भएको श्रावस्ती नगर हाल भारतको उत्तर प्रदेशमा नेपालको लुम्बिनीबाट नजिकै गाडीमा तीन चार घण्टाको दुरिमा पर्दछ । यो महा-तीर्थमा हामी एक पटक जसरी पनि पुग्ने कोशिश गर्नु अति उत्तम हुन्छ ))

बर्षबासको महत्त्व —–

अहिलेको यो कलियुगको चालचलनले ग्रसित समयमा पनि यो आधुनिक युग सुहाउँदो र मनोबैज्ञानिकमा आधारित त्री शिक्षाको प्रथम शिल: शिल ,अथवा विनय भन्नाले नियम कानुन ,पनि हो । बौद्ध धर्ममा शिललाई अति महत्त्व एवम् मोक्षको स्तम्भ , पनि भनिन्छ । शिल, विनय बौद्धशासनको आयुकाे रूपमा पनि लिईन्छ ,
शिलको पनि (ब्रह्माचार्य) अन्तरगतको सात प्रतिमोक्ष शिल मध्ये उच्च शिल भिक्षु (गेलोङ) श्रामणेर (गेछुल) आदि प्रतिमोक्षको कुनै एक शिल अनिवार्य रुपमा शिल ग्रहण गरेको भिक्षु भिक्षुणिले वर्षयामको(पहिलो) असार पुर्णिामाबाट तीन महिनासम्म कुनै कारण नमिलेमा (पछिल्लो) डेढमहिना पछि, ( डेढ महिनासम्म ,गुम्बा) विहार भित्रै बसेर त्रीपिटकको श्लोकहरु कन्ठस्त पार्ने यसैमा टेकेर, ༈འཆད་རྩོད་རྩོམ་གསུམ། धर्म देशना ,शास्त्रार्थ ,रचना ” सरल भाषामा शास्त्र लेखहरु रचना गर्ने धर्मग्रन्थहरुमा शास्त्रार्थ गर्दै अग्रज भिक्षुजनहरुको अघि अन्तरक्रिया गर्ने अग्रजहरु बाट उपदेश ध्यान उपायहरु सिक्ने ध्यान गर्ने , ध्यानको पनि समथ् हुँदै भित्री विप्यशना द्वारा सर्ब बस्तु
१) प्रतित्यसमुउत्पाद
२) अनित्यता
३ सुन्यता
यी तिनको वास्तविकता उजागरको यत्न गर्दै प्रज्ञा उदयामा प्रयत्नशील भै हरियो घाँस नटेकी एकै स्थानमा एकाग्रता भै बसि बुद्ध भगवान स्वंमले भिक्षुहरुलाई अनिवार्य गर्नु भएको धेरै शिलहरुमा अन्य समयमा आपत्ति तथा गल्ती त्रुटीहरुको पश्चात्ताप सोधन गर्नु (येर्ने) वर्षबासको मुख्य ध्येय-उदेश्य हो ।यो वर्षबासको तीन महिने अबधिमा बुद्ध भगवानको समानता करुणाको व्यवहार अहिंसा परमोधर्मको भिक्षुहरुले अनुसरण गर्दै ।यो बर्खे याममा चरा बचेरा हरुको प्रजनन किरा फटयांग्रो आदि प्राणीहरुको अधिक जन्म हुने र अन्य विवेक अधम प्रायः प्राणी हरु पनि यसै समयावधिमा सकृय रहने हुदा उनीहरुलाई कुनै हानी नोक्सानी बाधा नहोस् र कुनै पनि प्राणीहरु हाम्रो पाइताले समेत नमरोस् भन्ने तथागत बुद्धको सतबिचारको अनुसरण गर्नु पनि यसको एक महत्त्वपुर्ण पाटो हो ।

यसअबधिमा श्रद्धालु दाता उपाशक उपाशिकाहरुले आफुले सक्ने भोजन पानी आगोको लागि दाउरा आदि भिक्षुगणलाई चाहिने दान गर्ने चलन बुद्धकाल देखिकै हालमा पनि अन्न फलफुल आदि आफुले सक्ने दानहरु विहार गुम्बामै लगेर दान दिने परम्परा अटुट रहेको छ ।

यो पुण्य समयामा पारमिता अन्तरगत प्रथम दान पारमितामा पनि भोजन पानी आदि दान गर्नाले ६ पारमिता अन्तरगतको उच्च प्रज्ञा । १० पारमिताको उच्च ज्ञान पारमिता प्राति उदयाको पुण्य संभारार्थ प्रथम दान पारमिता पुर्ण हुने र क्रमश दुई आवरण र कुकर्म हरु नष्ट हुँदै जाने असाधारण पुण्यहरु निश्चित रहेको हुन्छ ।

विशेषतः (लामा) भिक्षुहरुले गृहस्थहरुको दानको अपहेलना गरेर गैरपुण्यको काममा खर्च गरेमा कुकर्मको हेतुफल दर्दनाक हुने ।पालना सत्कर्ममा खर्चे दाता भिक्षु दुवैलाई असंख्य पुण्यहरु निश्चित हुन्छ । दान ग्रहण खानु भनेको चाहिँ फलामको लोहा पचाउनु सरह भएको प्रष्ट रुपमा शास्त्रहरुमा बताएको छ।

तसर्थ ती दाता द्वारा आशा भरोसा र कामना गरेर आफ्नो गाँस कटाएर रगत र पसिनाले आर्जन गरेको धन दिएको दान दक्षिणा (དཀོར།་་་कोर ,रिन) शोदन कट्टाउनु र दाताहरुमा पुण्य अनुमोदन गर्नु पनि प्रतेक (महिनामा दुईपटक(सोजोङ གསོ་སྦྱོང་། ་་पोषध) उपषोध भिक्षु हरुले गल्ती पापशोदन र त्रि द्वारलाइ संयमित राख्ने गर्ने बिधि)
अनि बर्षमा तीन महिना कारणवश नमिलेमा डेढमहिने ( येर्ने དབྱར་གནས་།་་་་वर्षबास बस्नै पर्ने नियम भगवान् बुद्ध स्यांमले राख्नु सुरुवात गर्नु भएको हो ।।

यो अबधिमा पायक परेको नजिकै कुनै विहार गुम्बामा गएर वर्षबास बसेको (गेलोङ) भिक्षु हरुलाई शुद्ध चित्तले केही दान पानी नै मात्रै दान गरे पनि अन्य समयाको तुलनामा विषेश पुण्यहरु हुन्छ ।
माथि भनेझैं ६ र १० पारपिताहरुको श्रोत दान पारमिताको हेतु उजागर पुर्ण हुने निश्चित पुण्य हरु भएकोले आफू अनुकुल दान गरि अथाह पुण्य आर्जन गर्नु होला, ।।

✍️ साङ्गे लेग्देन गुरुङ भुपेन ।
ईलाम हाल काठमाडौं फर्पिङ ।