गजल लेखेर नै भबिस्य बनाउन गजल लेखेकी होइन
कसम!गजलबाटै नाम कमाउन गजल लेखेकी होइन

मैले आत्मा सन्तुष्टिको लागि गजल लेखेको हुँ महोदय!
कुनै सम्मान कुनै पुरस्कार पाउन गजल लेखेकी होइन

बहर,बेबहर,स्वतन्त्र यस्तै-यस्तै हल्ला छ अचेल यहाँ
गजल-गजलमा बिबाद फैलाउन गजल लेखेकी होइन

दुख लेखेको हुँ,दर्द लेखेको हुँ अनि समाज लेखेको हुँ
कोहि कसैलाई पनि बहकाउन गजल लेखेकी होइन!!