काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् । आइतबार प्रतिनिधिसभामा भएको मतदानमा देउवाको पक्षमा‍‍‍‍ १६५ मत खसेको थियो भने विपक्षमा ८३ मत खसेको छ ।

मतदानमा २४९ जना सांसद सहभागी भएका थिए ।

प्रधानमन्त्री देउवालाई नेपाली कांग्रेससँगै माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेको माधवकुमार नेपाल समूह र राष्ट्रिय जनमोर्चाका सांसदले  मत दिएका थिए।

राप्रपा र नेमकिपाका एकएक सांसदले मतदान गरेनन् ।