काठमाडौं।  काङ्ग्रेसका नेता कार्याकर्तालाई अहिले  १४ औ महाधिवेशन लागेको छ।केन्द्र देखि स्थानिय तह सम्मका नेता कार्याकर्ता यतिबेला नेतृत्वको लागि दौडधुप गरिराखेका छन् । काठमाडौं क्षेत्र नं ३ मा पनि नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको लागि क्षेत्र देखि इकाईसम्म रौनक बढेको छ। काठमाडौं क्षेत्र नं ३ मा काँग्रेसका नेता कार्यकर्ताहरुले भेला, भेटघाटलाई तिब्रता दिदै अधिवेशनबाट योग्य,सक्षम ब्यक्तिहरुलाई नेतृत्वमा पुर्याउन सक्रिय तरिकाले लागिपरेका छन् । कांग्रेसका क्रियाशील सदस्यहरुमाँझ नेताहरु आफ्नो नेतृत्वको दावी सहित जिताउनको लागि लागिपरेका छन् ।

आगामी महाधिवेशनबाट आफ्नो नेतृत्व दाबी सहित यतिबेला काठमाडौं क्षेत्र नम्बर ३ को गोकर्णेश्वर वडा नम्बर १  इकाइ सभापतिको लागि सम्झन पोख्रेलले  दाबी पेस गरेका छन् । नेपाली कांग्रेसलाई आगामी चुनावमा विजयी बनाउनका लागि,पार्टीलाई शक्तिशाली बनाउन  सबैलाई सम्मानजनक ढंगले समेटेर अगाडी बढाउने योजनामा रहेको बताउदै  नेता पोख्रेलले इकाई सभापतिमा आफुले उम्मेदवारी दिएको बताए ।

काठमाडौं क्षेत्र नं. ३ को गोकर्णेश्वर वडा नं १ इकाईका हाल मनोनित  सचिब  समेत रहेका पोख्रेलले इकाइका सबै क्रियाशील सदस्यहरुलाई मिलाएर पार्टीको नीतिनियम अनुसार अगाडी बढ्ने बताए ।

नेपाली काङ्ग्रेसलाई म र मेरो भन्दा पनि हामी र हाम्रो नेपाली काङ्ग्रेस बनाउन आफ्नो तर्फ बाट सदैब लागिपर्ने समेत उनले बताएका छन् ।